नयाँ राहदानी लिनेको सङ्ख्या बढ्दै | Khabarhub Khabarhub

नयाँ राहदानी लिनेको सङ्ख्या बढ्दै


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गएको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।

एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।

उनका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ ।

६५ पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १२ : १५ बजे

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा– झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको

बकर ईद मनाउँदै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (ईद उल

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका