दाङमा १० प्रतिशत मात्रै रोपाइँ | Khabarhub Khabarhub

दाङमा १० प्रतिशत मात्रै रोपाइँ


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

घोराही – दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशत मात्रै रोपाइँ सकिएको छ। यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।

गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । यस वर्ष वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए । ‘जिल्लामा यस वर्ष अहिलेसम्म करिब १० प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ’, उनले भने, ‘वर्षा ढिला हुँदा यस वर्ष अझै पनि ९० प्रतिशत खेत रोप्न बाँकी छ ।’

गत वर्ष समयमै वर्षा सुरु भएकाले असारको दोस्रो सातासम्म दाङमा ३५ प्रतिशत रोपाइँ सकिएको अधिकारी लामिछानेको भनाइ छ । ‘गत वर्षभन्दा यस वर्ष धेरै कम रोपाइँ भएको छ’, उनले भने । यस वर्ष वर्षा समयमै नहुँदा किसानले बीउ समयमै राख्न नपाएको उनले बताए । ‘किसानले वर्षा ढिला भएकाले बीउ समयमा राख्न पाएनन्’, उनले भने, ‘बीउ भएको भए अहिले वर्षाको समयमा छिटो रोपाइँ हुन्थ्यो ।’

उनका अनुसार जिल्लामा दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा यस वर्ष बढी धान रोपाइँ भएको छ । राप्ती नदीको पानीले राप्ती गाउँपालिकाका अधिकांश खेतमा अहिलेसम्म रोपाइँ सकिएको छ । यस्तै गढवाका केही भागमा मात्रै अहिलेसम्म रोपाइँ सकिएको सूचना अधिकारी लामिछानेले बताए ।

‘राप्ती नदीको पानीले राप्ती र गढवा गाउँपालिकाका केही भागमा यस वर्ष अहिलेसम्म बढी रोपाइँ भएको छ’, उनले भने, ‘दाङको बबई नदीको पानीले तुलसीपुरका केही वडामा मात्रै रोपाइँ सकिएको छ ।’ दाङ उपत्यकामा वर्षा सुरु भएपछि मात्रै धानको ब्याड राख्न थालिएको उनले बताए । अहिले राखेको धानको बीउ साउनको पहिलो सातादेखि रोप्न सकिने उनले बताए।

‘धानको बीउ सामान्यतया २०/२२ दिनदेखि रोप्न सकिन्छ’, उनले भने, ‘अहिलेको वर्षा कायम रहेमा साउनको दोस्रो सातासम्म रोपाइँ सकिन्छ ।’ खडेरी भएमा रोपाइँ फेरि प्रभावित हुनसक्ने उनले बताए । यस वर्ष ढिला गरी रोपाइँ भए पनि अब लगातार वर्षा भएपछि धान उत्पादन नघट्ने उनले बताए  ।

उनका अनुसार दाङमा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तीमध्ये १९ हजार हेक्टर क्षेत्रफल खेतमा मात्रै बाह्रै महिना सिँचाइ हुने गरेको छ । जिल्लामा आधाभन्दा बढी खेत आकाशे पानीको भरमा धान खेती हुने गरेको सूचना अधिकारी लामिछानेले बताए । जिल्लामा बिन्देश्वरी जातको धान राम्रो उत्पादन हुने गरेको छ । यो जातको धान कम पानीमा पनि उत्पादन गर्न सकिने उनले बताए । पछिल्लो समय जिल्लामा राधा–४, सुख्खा–१, २, ३, ५, हरिनाथ जातको धान खेती भइरहेको उनले बताए । हाइब्रेड युएस ३१२ पनि किसानले धेरै मात्रामा लगाउन थालेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका–७ का किसान तिलक विष्टले यस वर्ष वर्षा ढिला गरी हुँदा समयमै खेत रोप्न नपाएको बताए । ‘धान रोपाइँ यस वर्ष गत वर्षभन्दा ढिला भएको छ’, उनले भने, ‘अहिले त भर्खर केही दिनअघि मात्रै धानको ब्याड राखिएको छ ।’ अहिले भर्खर राखेको बीउ साउनको पहिलो सातापछि मात्रै रोप्न सकिने उनी बताउछन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  २ : ०४ बजे

पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा– झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको

बकर ईद मनाउँदै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (ईद उल

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं– आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय