एसीसी यू-१६ कप मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा « Khabarhub

एसीसी यू-१६ कप मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलेसियामा जारी एसीसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समूह ए को विजेतासमेत बन्यो ।

नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो ।

मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । त्यस्तै कप्तान मोहम्मद आलिफले १५ रन जोडे भने मुहम्मद अक्रमले १२ रन बनाए । त्यसबाहेक अन्य ब्याटसम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि अशोक धामीले चार विकेट लिए भने कप्तान अभिषेक तिवारीले तीन विकेट लिए । त्यस्तै सन्तोष यादवले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो ।

नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको  योगदान दिए । सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रन बनाए । त्यस्तै दीप भुजेलले १५ रन जोडे । निरजकुमार यादव आठ रनमा आउट भए ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान दुई विकेट लिए भने मोहम्मद फतुलले एक विकेट झारे ।

यस हारसँगै मलेसिया समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  २ : ३५ बजे

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर