दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज दिनभर कोशीका मुख्यमन्त्री कार्की विश्वासको मत प्राप्त गर्न असफल, सङ्घीयता कार्यान्वयनमा प्रभावकारी ढंगले लाग्न मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन, ललिता निवास प्रकरण : सर्वोच्चद्वारा गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित लगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशीका मुख्यमन्त्री कार्की विश्वासको मत प्राप्त गर्न असफल

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । शुक्रबार कार्कीले आफूलाई विश्वासको मत छ भनि राखेको प्रस्तावलाई मत विभाजनको आधारमा निर्णयार्थ प्रस्तुत गरिएको थियो । जसमा झिनो मतले उनले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

९३ सदस्यीय प्रदेशसभामा शुक्रबारको बैठकमा ८९ जना सांसद उपस्थित थिए । जसमध्ये कार्कीले विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको प्रदेशसभाका सभामुख बाबुराम गौतमले जानकारी दिए ।

सङ्घीयता कार्यान्वयनमा प्रभावकारी ढंगले लाग्न मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थितरूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

आजदेखि कास्कीको पोखरामा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयनमा प्रभावकारी तवरले लाग्न आग्रह गरेका हुन् ।

भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण भइरहेछ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका शासकहरुले भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको ठूला काण्डमा शीर्ष नेताहरूको संलग्नता रहेको दाबी गर्दै उक्त टिप्पणी गरेका हुन्
। देशमा भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले कुनै पनि दल भ्रष्टाचारबाट अछुतो नरहेको बताए ।

ललिता निवास प्रकरण : सर्वोच्चद्वारा गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश

ललिता निवास प्रकरणका आरोपीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले ललिता निवास प्रकरणका आरोपीहरु मिनबहादुर गुरुङ, सुधीर शाह र धर्मप्रसाद गौतमले दायर गरेको मुद्दामा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित गरेको हो ।

राष्ट्रियसभामा विनियोजन विधेयक प्रस्तुत

राष्ट्रियसभामा ‘विनियोजन विधेयक २०८०’ प्रस्तुत गरिएको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गरेका हुन् ।

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १५ महिना कैद सजाय

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

विवादास्पद निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

बाँकेमा उनीविरुद्ध दायर ठगी मुद्दाका आधारमा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने

सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन नियमावली २०८०) स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

आज असार १५, राष्ट्रिय धान दिवस मनाइयाे 

आज असार १५ । विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँएकाे छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँएकाे छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ०३ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।