मेयर बालेनका समर्थकको भन्दै उडिसा रथयात्राको भिडियो टिकटकमा भाइरल « Khabarhub

मेयर बालेनका समर्थकको भन्दै उडिसा रथयात्राको भिडियो टिकटकमा भाइरल



काठमाडौँ- टिकटकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को समर्थन र हिन्दी सिनेमा नरोक्न उच्च अदालतको आदेशविरुद्ध विशाल र्‍याली निकालिएको भनी दाबी गरिएको भिडियो भाइरल भइरहेको छ ।

मेयर बालेनले काठमाडौँमा हिन्दी सिनेमा प्रतिबन्ध लगाउने घोषणाविरुद्ध उच्च अदालतको आदेशको विरोधमा विशाल र्‍याली निकालिएको भिडियो टिकटकमा भाइरल भइरहेको हो । यद्यपि उक्त भिडियो भारत उडिसामा भएको रथयात्राको भएको पाइएको छ ।

blackraja32 नामक प्रयोगकर्ताले उक्त भिडियो टिकटकमा अपलोड गरेका थिए । १७ सेकेण्डको उक्त भिडियोमा लाखौँ मानिसहरु सडकमा ओर्लिएको देखिन्छ । उक्त भिडियोमा लेखिएको छ, ‘उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश जारी गरेपछि उच्च अदालतको विरुद्ध काठमाडौँको दृश्य’ ।

उक्त भिडियो छोटो समयमा नै टिकटकभर भाइरल भएपनि यसको सत्यतथ्यबारे खासै चासो दिइएको थिएन । तर, यसबारे जाँच गर्दा उक्त भिडियो उडिसामा भएको रथयात्राको भएको पाइएको हो । टिकटकमा अपलोड गरिएको भिडियोमा काठमाडौँ शहरकोजस्तो संरचना पनि देखिएको थिएन ।

बालेनको समर्थनमा मानिसहरुको भीड भनी दाबी गरिएको उक्त भिडियो टिकटकमा अपलोड गर्नुअघि ‘युट्युब सर्ट’ मा धेरै भारतीय च्यानलहरुले अपलोड गरेको पाइएको छ । भारतीय प्रयोगकर्ताले अपलोड गरेका ती भिडियोहरु उडिसाको पुरीमा आयोजना गरिएको जगन्नाथ रथयात्राको भएको पत्ता लागेको छ । (यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो)

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ०२ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९