मेयर बालेनका समर्थकको भन्दै उडिसा रथयात्राको भिडियो टिकटकमा भाइरल « Khabarhub

मेयर बालेनका समर्थकको भन्दै उडिसा रथयात्राको भिडियो टिकटकमा भाइरल



काठमाडौँ- टिकटकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को समर्थन र हिन्दी सिनेमा नरोक्न उच्च अदालतको आदेशविरुद्ध विशाल र्‍याली निकालिएको भनी दाबी गरिएको भिडियो भाइरल भइरहेको छ ।

मेयर बालेनले काठमाडौँमा हिन्दी सिनेमा प्रतिबन्ध लगाउने घोषणाविरुद्ध उच्च अदालतको आदेशको विरोधमा विशाल र्‍याली निकालिएको भिडियो टिकटकमा भाइरल भइरहेको हो । यद्यपि उक्त भिडियो भारत उडिसामा भएको रथयात्राको भएको पाइएको छ ।

blackraja32 नामक प्रयोगकर्ताले उक्त भिडियो टिकटकमा अपलोड गरेका थिए । १७ सेकेण्डको उक्त भिडियोमा लाखौँ मानिसहरु सडकमा ओर्लिएको देखिन्छ । उक्त भिडियोमा लेखिएको छ, ‘उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश जारी गरेपछि उच्च अदालतको विरुद्ध काठमाडौँको दृश्य’ ।

उक्त भिडियो छोटो समयमा नै टिकटकभर भाइरल भएपनि यसको सत्यतथ्यबारे खासै चासो दिइएको थिएन । तर, यसबारे जाँच गर्दा उक्त भिडियो उडिसामा भएको रथयात्राको भएको पाइएको हो । टिकटकमा अपलोड गरिएको भिडियोमा काठमाडौँ शहरकोजस्तो संरचना पनि देखिएको थिएन ।

बालेनको समर्थनमा मानिसहरुको भीड भनी दाबी गरिएको उक्त भिडियो टिकटकमा अपलोड गर्नुअघि ‘युट्युब सर्ट’ मा धेरै भारतीय च्यानलहरुले अपलोड गरेको पाइएको छ । भारतीय प्रयोगकर्ताले अपलोड गरेका ती भिडियोहरु उडिसाको पुरीमा आयोजना गरिएको जगन्नाथ रथयात्राको भएको पत्ता लागेको छ । (यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो)

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ०२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा