पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध « Khabarhub

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पहिरो खसे पछि सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध भए पछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बिहानदेखि नै पहिरो खुलाउने प्रयास गरिरहेको छ । 

कर्पोरेसनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको हो । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी