कोलम्बियाका राष्ट्रपतिका छोरा अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ « Khabarhub

कोलम्बियाका राष्ट्रपतिका छोरा अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रो अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् ।

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप लागेको थियो ।

अभियोजकहरूले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध संवर्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् ।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपहरूको खण्डन गर्दै आएका थिए। उनी आफैंले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए।

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : ०३ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र