एक क्विन्टल सुन प्रकरणमा बेल्जिमयका नागरिक पक्राउ | Khabarhub Khabarhub

एक क्विन्टल सुन प्रकरणमा बेल्जिमयका नागरिक पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व अनुसन्धान विभागले एकसय केजी सुन तस्करी प्रकरणमा काठमाडौंको ठमेलबाट एकजनालाई पक्राउ गरेको छ ।

विभागको टोलीले गएराति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमय नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको छ।

छिरिङ यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । यस्तै, विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग उनको संलग्नता रहेको बताइन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १२ : ०९ बजे

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय