गरगहना लुटपाट गरेको आरोपमा चारजना पक्राउ « Khabarhub

गरगहना लुटपाट गरेको आरोपमा चारजना पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ  धनुषाबाट महिलाले लगाएको सुनको गरगहना लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् । 

मोरङको  सुन्दरहरैचा नगरपालिका-९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय विशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका-६ बस्ने २९ वर्षीय उमेशराय यादव र माहादेबपुर नगरपालिका-६ बस्ने ८ वर्षीय बालक रहेका छन् ।

सोही नगरपालिका-८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका विशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उता, धनुषाको लक्ष्मिनिया गाउँपालिका-५ भंगाहा बस्ने ५० वर्षीया महिलाको सुनको मंगलसुत्र लुटपाट गरेको अभियोगमा भारत बिहार राज्य सितामढी भीतामोड बस्ने २५ वर्षीया पुजा महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित मोहरम मेलामा पुजा महर्जनले महिलाको मंगलसुत्र तान्ने क्रममा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : १२ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र