कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ७ जना पक्राउ | Khabarhub Khabarhub

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ७ जना पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका-९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित दुईजनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ ब्लक नम्बर ११ बस्ने २४ वर्षीय आवास भट्टराई र सोही नगरपालिका-१ ब्लक नम्बर १८ बस्ने २५ वर्षीय जीवन रावल रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.५ प ३७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीकै धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-८ बस्ने २१ वर्षीय विवेक चौधरीलाई ६ सय ५० मिलिग्रामसहित तथा सोही उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई अवैध लागुऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-१० दोदाबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २८ वर्षीय प्रदिप पाख्रिन र सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने ३३ वर्षीय बिकल मगर रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र. ०२-००३ प ६४३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ३१ बजे

किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउनुपर्‍यो : डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले श्वेतपत्र जारी गरेर

माछा मार्न गएका राईको लडेर मृत्यु

किमाथाङ्का– स्थानीय कासुवाखोलामा माछा मार्न  गएका मकालु –३ उलिङका ४५

ऋषि पञ्चमी : बसन्तपुरको मखन महादेव र टेकुको ऋषेश्वरमा श्रद्धालुहरू (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीका दिन आज

डडेल्धुरामा जीप दुर्घटनामा चारजनाको मृत्यु, चार घाइते

धनगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको