आइतबार सेयर बजारमा उच्च अंकको गिरावट « Khabarhub

आइतबार सेयर बजारमा उच्च अंकको गिरावट


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा पुगेको छ ।

यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिएपनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।

१४ करोड ७८ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एभरेष्ट बैंक परेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ५९ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको