आइतबार सेयर बजारमा उच्च अंकको गिरावट « Khabarhub

आइतबार सेयर बजारमा उच्च अंकको गिरावट


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा पुगेको छ ।

यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिएपनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।

१४ करोड ७८ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एभरेष्ट बैंक परेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली