पार्टीका काममा सामूहिक भाव हुनुपर्छ : उपाध्यक्ष पौडेल « Khabarhub

पार्टीका काममा सामूहिक भाव हुनुपर्छ : उपाध्यक्ष पौडेल


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राँझा– नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीका काममा सामूहिक भाव हुनुपर्ने बताएका छन् । 

नेकपा (एमाले)का तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई नेपालगञ्जमा आयोजित प्रशिक्षणमा उनले पार्टीभित्र झाँगिँदै गएको व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित पार्दै सामूहिक भावका साथ काम गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुनुपर्नेमा जोड दिए ।

‘नेकपा (एमाले) ख्याल ख्यालमै बनेको पार्टी होइन, यो जनताले विश्वास गरेको पार्टी हो’, उपाध्यक्ष पौडेलले भने, ‘हिजोआज पार्टीका सिपाही कर्तव्यबाट विमुख बन्न थालेका छौँ, सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौँ ।’ उनले विगतमा भएका कमजोरीलाई सच्याउँदै पार्टीले उठाउने हरेक उम्मेदवारमा कार्यकर्ताले आफ्नो भविष्य देख्ने गरी सम्पूर्ण पार्टीपङ्क्ति सामूहिक भावका साथ पार्टी निर्माण अभियानमा होमिनुपर्ने बताए ।

राष्ट्रिय आकांक्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह थियो  ।

उहाँले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई जनतासमक्ष पुर्‍याउनुपर्ने बताएका छन् । 

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा आज महासचिव शंकर पोखरेलले समेत प्रशिक्षण दिने नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ४ : १३ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा