जम्मु कश्मीरमा चेनब पुल बनेसँगै भारतीय सेनाको रक्षा क्षमता बढ्ने « Khabarhub

जम्मु कश्मीरमा चेनब पुल बनेसँगै भारतीय सेनाको रक्षा क्षमता बढ्ने


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरमा विश्वकै सबैभन्दा अग्लो स्थानमा निर्मित रेलवे पुल सञ्चालनमा आउने भएको छ ।

चेनब नदीमाथि निर्मित उक्त पुल विगत १५ वर्षयता निर्माणको चरणमा रहेको छ । यस पुल सञ्चालनमा आएसँगै बारम्बार अस्थीर रहँदै आएको कश्मीर क्षेत्रमा भारतीय सेनाको रक्षा क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

जम्मु कश्मीरको रेयासी जिल्लामा निर्मित यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस पुलको उद्घाटन आगामी डिसेम्बर वा जनवरीमा गरिसक्ने भारतीय रेल मन्त्रालयको लक्ष्य छ ।

यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा २९ मिटर अग्लो हो ।

२५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ । यस पुल सञ्चालनमा आएसँगै बन्दोबस्तीको सामान ढुवानी गर्न सेनाका लागि समयको बचत हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जम्मुबाट श्रीनगरसम्म सैनिक बोकेको सवारीलाई १२ घण्टा र बन्दोबस्तीका सामान बोकेको सवारीलाई १६ घण्टा लाग्ने गरेकोमा यो पुल सञ्चालनमा आए तीन घण्टामात्र लाग्ने भारतीय सेनामा बन्दोबस्ती प्रमुखका रुपमा काम गरिसकेका पूर्वमेजर जनरल अमृत पालले जनाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ५४ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा