जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जिल्ला अदालत कञ्चनपुरबाट विसं २०७४ भदौमा वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा एक वर्ष कैद भइ फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का किसन सिंह कार्कीलाई पक्राउ गरिएको जानकारी दिए।

घर छेउछाउमा लुकिछिपी बस्दै आएको अवस्थामा फरार अभियुक्त कार्कीलाई प्रहरीले जिल्ला अदालतमा पेश गरी अदालतले सजाय भुक्तानका लागि कञ्चनपुर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार यहाँ विभिन्न मुद्दामा कैद सजाय भएका अभियुक्त प्रक्राउ गर्न जिल्लाभर प्रहरी सक्रिय रहेको छ ।

प्रहरीले कञ्चनपुरबाट गत आव २०७९/८० मा ७२ फरार अभियुक्तलाई पक्राउ गरी कैद सजायका लागि कारागार पठाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : ४७ बजे

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर

पहिरो प्रभावित डोल्पाको दुर्गम जगदुल्ला गाउँका ५० घर जोखिममा, सरकारसँग राहतको गुहार

काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार आएको पहिरोका कारण स्थानीय

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई

तानसेन– कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर

दश ओलम्पियन खेलाडी सम्मानित

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा