लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान « Khabarhub

लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – डेङ्गु रोगका बिरामी बढ्न थालेपछि कैलालीसहितका जिल्लामा लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले यो रोगको रोकथामका लागि लामखुट्टेको लार्भा बन्न नदिन जिल्लाका पालिका तहमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा यो अभियान सुरु गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा यो रोगबाट हालसम्म तीन सय १८ व्यक्ति बिरामी भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ ।

प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा डेङ्गुका एक सय ९० बिरामी फेला परेका छन् । तराईका जिल्ला कञ्चनपुरमा ५२ र कैलालीमा २३ जना बिरामी फेला परेका छन् । पहाडी क्षेत्रको अछाममा ३१ बिरामी पुगेका छन् । जुलाई ९असाररसाउन० महिनाको हालसम्म प्रदेशभरि थप ४९ जनामा यो रोग देखिएको छ ।

गत मार्च (फागुन–चैत)मा दार्चुलामा सबैभन्दा बढी एक सय १७ बिरामी फेला परेकामा हाल त्यहाँ यो रोगको सङ्क्रमण दर कम देखिएको बताइएको छ ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पछिल्ला हप्तामा डेङ्गु रोग बढ्न थालेको बताए । “लार्भा खोजी गरी नष्ट गर्ने प्रारम्भिक काम गर्ने जिम्मेवारी पालिका तहको हो, यस्तो काममा स्वास्थ्यकर्मीको पनि सहयोग भइरहेको छ”, जोशीले भने, “यो भाइरसबाट सर्ने रोग भएकाले रोगीको लक्षणअनुसारको उपचार व्यवस्थापन गर्ने गरिएको छ ।”

सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्क हुने गरेको छ । यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खान मन नलाग्ने आदि लक्षण देखिन्छ । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्युसमेत हुन सक्ने बताइएको छ ।

लामखुट्टेले फुल पार्नसक्ने सम्भावित स्थानको खोजी गरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।

खुल्ला भाँडामा जम्मा भएको सफा पानी, गमलामा जम्मा भएको पानी, साइकल वा गाडीका टायरमा भरिएको पानी, खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धि विकास गर्ने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिने र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्दा पनि यो रोग रोकथाम गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यो रोग सार्ने लामखुट्टेले खासगरी दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : ०१ बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,