मानिसको औसत आयु ‘१२० वर्ष सम्म बढ्न सक्ने’ वैज्ञानिकहरुको दाबी « Khabarhub

मानिसको औसत आयु ‘१२० वर्ष सम्म बढ्न सक्ने’ वैज्ञानिकहरुको दाबी


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कृत्तिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी) ले आइतबार जनाएको छ ।

मालार्डालेन युनिभर्सिटी (एमडीयू)का अनुसन्धाता इग्नाट कुलकोभले एसभीटीसँग भने, “हाम्रो प्राग्ज्ञान (रोगको पुर्वानुमान) अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा १०० देखि १२० वर्षको बीचमा हुनेछ ।”

फिनल्याण्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत) का विश्वविद्यालयका सहकर्मीहरूसँग गरिएको एक अध्ययनको निष्कर्षबारे वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको एक अध्ययनको निष्कर्षको बारेमा कुलकोभले बताए ।

उनले भने, “धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।”

कुलकोभले प्रसङ्गलाई थपे, “यी सेन्सरहरूमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणहरूले चिकित्सकहरूलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुको साथ सिफारिस गर्न सक्षम बनाउनेछ ।”

अन्य क्षेत्रमा भएको प्रगतिले पनि लामो आयुमा योगदान पु¥याउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । कुलकोभले भने, “कोभिड–१९ को महामारीबाट भाइरसलाई कसरी बढी कुशलतापूर्वक पत्ता लगाउने भन्नेबारे राम्रो ज्ञान प्राप्त भएको छ। यसपहिले नै रोगहरूको छिटो निदान गर्न र नयाँ उपचारहरू विकास गर्न कृत्तिम बौद्धिकता ९एआई०को प्रयोग गरिएको छ ।”

व्यक्तिगत रूपमा तयार पारिएका औषधिसँग व्यक्तिगत औषधिले पनि स्वास्थ्यमा सुधार ल्याउन योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए ।

“यद्यपि, त्यहाँ नयाँ चुनौतीहरू पनि छन्,” कुलकोभले भने । तर जलवायु परिवर्तनले भविष्यमा मात्र नभई अहिले नै हाम्रो स्वास्थ्य सेवा प्रणाली र हाम्रो जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्ने उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : १७ बजे

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान

एजेन्सी– भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा

युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई 

काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर