उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा डेङ्गुको बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब प्रमुख तथा फोकल पर्सन लहुकाजी राईले जानकारी दिए ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ । साउन १ गतेदेखि उदयपुरमा डेङ्गुका बिरामी देखा पर्न थालेको र हालसम्म ५१ जनामा सङ्क्रमण देखा परेको उनले जानकारी दिए । केही सिकिस्त बिरामीलाई उपचारका लागि सुनसरी र विराटनगर पठाइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रमुख डा ज्ञानेन्द्र झाले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : ३६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा