एमसीसी परियोजना आजबाट कार्यान्वयनमा आउने  « Khabarhub

एमसीसी परियोजना आजबाट कार्यान्वयनमा आउने 


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजबाट कार्यान्वयनमा आउने भएको छ । आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा आएको घोषणा गरिनेछ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच ‘लेटर अफ एक्सचेन्ज’ हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले जनाएको छ ।

उक्त कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून हिजो नै काठमाडौं आइसकेका छन् ।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ। यसमा नेपालले १३ करोड डलर थप गरेको छ।

यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन्।

यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ।

यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो। नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ।

एमसीसी अन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ८ : ३० बजे

सर्वोच्चमा ‘गाईजात्रा’ : कामु प्रधानन्यायाधीशको आदेशपछि प्रशासनका कर्मचारी कार्यालय छाडेर हिँडे

काठमाडौं- प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन सोमबार नै

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च