समाजवादी मोर्चाको धनगढी सभा स्थगित « Khabarhub

समाजवादी मोर्चाको धनगढी सभा स्थगित


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को आज औपचारिक कार्यान्वयन हुने भएकाले सो सभा स्थगित गरिएको जनाइएको छ ।

एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभाबाट भिन्नभिन्न विचार आएपछि आजको सभा स्थगित गरिएको बुझिएको छ । 

सन्देश सभामा एमसीसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ‘साक्षी’ हुने भए पछि कूटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।

मोर्चाले सातवटै प्रदेशमा सन्देश सभा गर्ने पूर्व घोषणा अनुरूप आज सुदूरपश्चिम प्रदेशको धनगढीमा सभा आयोजनाको तयारी गरिएको थियो । स्थगित सन्देश सभा कहिले हुन्छ भन्ने बारेमा केही जानकारी गराइएको छैन । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : १५ बजे

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)