काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७०, टनेल गोलभेडा सानो ७५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल १००, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ५०, घिरौँला ६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी १००, टाटे सिमी ९०, तितो करेला ९०, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ६०, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ , लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, तोफु ११०, पिँडालु ७०, तामा ९०, चुकुन्दर ७०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० रुपैयाँ रहेको छ ।
यस्तै रुख कटहर ६०, शरीफा २००, फूजी स्याउ ३२०, अम्बा १२०, जुनार ३००, केरा दर्जनको १५०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
प्रतिक्रिया