राजनीति

प्रधानमन्त्री प्रचण्ड र संयुक्त अधिराज्यका राजदूतबीच भेटवार्ता

By खबरहब

August 30, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श हुनाका साथै नेपाल-संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।