केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव « Khabarhub

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ । 

आन्तरिक तथा बाह्र पर्यटन प्रवर्द्धन गर्नाका साथै केदारनाथको आवश्यक प्रचारका गर्न यही भदौ १० देखि १२ गतेसम्म केदारनाथ महोत्सवको आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सो महोत्सवमा जुम्लाका मात्र नभएर धेरै जिल्लाका नागरिक आएकाले यस स्थानको प्रचार भएको जानकारी दिए । 

नेपाल पर्यटन बोर्डको सह-आयोजना र गाउँपालिकाको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको पनि सहभागिता रहेको थियो । यसका साथै जिल्लामा रहेका सबै सरकारी कार्यालयका साथै अन्य व्यक्तित्वहरुले पनि सो महोत्सवको अवलोकन गरेका अध्यक्ष धितालले जानकारी दिए। 

उनले भने, ‘ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथमा मनोरम प्राकृतिक दृश्य, बहुधार्मिक, बहुजातीय, बहुभाषिक जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक खस संस्कृतिले भरिपूर्ण रहेको केदारनाथलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन केदारनाथमै ऐतिहासिक महोत्सव आयोजना गरियो र यो भव्यरुपमा सम्पन्न पनि भएको छ ‘।  

उक्त महोत्सवको आयोजना गरेर स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्नामा टेवा पुगेको धारणा उहाँको छ । महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु, सिमी, राडीपाखी, पुर्खाहरूले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्री राखिएको थियो । यी सामग्रीहरू महोत्सवका मुख्य आकर्षण रहेका  स्थानीयवासी लिला रावतको भनाइ छ ।

 उक्त महोत्सवसम्म पुग्न सिञ्जा गाउँपालिकाले साङ्टाखोलामा पक्की पुल निर्माणका साथै रुद्रप्रयाग शिवमन्दिर पनि निर्माण गरेको छ । काफल दिवस, खस दिवस, खस पात्रो सार्वजनिक र स्याउ दिवसका पहिचान गराउनाका साथै महोत्सवमा इन्द्रेणी समूहको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो । 

सो धार्मिक  महोत्सवमा यहाँका झण्डै दुई सयभन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो । सो मेलामा मदिराको बिक्रीवितरण पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो । मेलाका लागि गाउँपालिकाको कुनै रकम खर्च नभएको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए । महोत्सवमा १० हजार दर्शकले अवलोकन गरेका र स्थानीय परिकारका ३२ वटा स्टल राखिएको सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ ओडले बताए ।

नेपाल पर्यटन बोर्ड, कृषि विकास कार्यालय जुम्ला र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा महोत्सव सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । पर्यटकीय गन्तव्य सिञ्जाको केदारनाथ क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको स्थानीयवासी गोरे रोकायाले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले  बताए । समुद्री सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइको लेकको काखमा अवस्थित केदारनाथ मन्दिरमा अरू समय पनि पूजाआजा र दर्शन गर्नेहरू निकै हुने गर्दछन् । 

    सिञ्जाको विकास प्राथमिकतामा 

खस नेपाली भाषाको जन्म थलोसमेत रहेको सिञ्जा क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने कार्य कर्णाली प्रदेश सरकारको विशेष प्राथमिकतामा परेको प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले जानकारी दिए । 

त्यसैगरी कर्णाली प्रदेश सरकारका कृषिमन्त्री भीमप्रकाश शर्माले सिञ्जाको रैथाने बालीदेखि अन्य क्षेत्रमा विकास गर्न प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताए । 

उता कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले सिञ्जाको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : ११ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको