संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान  « Khabarhub

संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान 


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

दोहासंखुवासभा समाज कतारले अभियन्ता तथा कुशल पत्रकार विकास शाहीलाई सम्मान गरेको छ ।

जुम्ला सिंजा घर भई लामो समयदेखि पत्रकारितामार्फत प्रवासी नेपालीको विषयमा कलम चलाइरहेका वर्ल्डवाइड सोसियल मिडिया इनवेन्चर्समा कार्यरत शाहीलाई सम्मान गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए ।

उनी कतार भ्रमणमा आएको बेला संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्टको आयोजनामा लाली गुराँस रेस्टुरेन्टको सभा हलमा भएको कार्यक्रममा सम्मान गरिएको अध्यक्ष खनालले बताए ।

सम्मान कार्यक्रममा उनले हालसम्म नेपालका लागि गरेको योगदानका लागि संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्ट कतारले उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप प्रमाणपत्र र मायाको चिनो प्रदान गरेको थियो ।

सम्मान कार्यक्रम समाजको तर्फबाट अध्यक्ष खनाल लगायत अन्य पदाधिकारी तथा रेस्टुरेन्टका सञ्चालक पर्शुराम दाहाल तथा पुनम दाहालको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : ४३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब