काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अनुसन्धान सुरु गरेको छ ।
अख्तियारले ६० किलो सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो ।
अख्तियार स्रोतका अनुसार सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरूको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरु भएको र केहीको सम्पत्ति छानबिनसमेत थालिएको छ ।
त्यसक्रममा आयोगले विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।
प्रतिक्रिया