विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन « Khabarhub

विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउने विषयमा छलफल भएको हो ।

आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिए । उपसभामुख, सचिवालयका सचिव र दश विषयगत समितिका नवनिर्वाचित सभापतिसँगको पहिलो बैठकमा उनले समितिको कार्यसञ्चालन कसरी गर्ने, कार्यसञ्चालनको वर्तमान स्थिति, विधेयकको अवस्थाका विषयमा छलफल गर्दै प्रभावकारी कार्य सञ्चालनका लागि निर्देशन दिएका हुन् ।

बैठकपछि सभामुख घिमिरेले समितिले गतिका साथ काम गर्नुपर्ने, सभाले लिएका दायित्वहरू समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिए । 

‘संसद्को प्रभावकारिता भनेको संसदीय समितिको प्रभावकारिता हो । विषेश किसिमका विधेयक समितिमा गएका छन् । अब आउने विधेयक पनि समितिमै जान्छन्’, बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुङ्ग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्छ ।’

अर्थ समितिको सभापति सन्तोष चालिसेले समिति सभापतिको भूमिका, विधेयकहरू अगाडि बढाउने विषय र समितिका कामलाई चुस्त बनाउनेलगायत विषयमा आजको बैठकमा छलफल भएको बताए । ‘सभामुख र सचिवले सभापतिको भूमिकाअन्तर्गतर रही छिटोछरितो र चुस्त काम गर्नुपर्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘सभामुखले पनि सभापतिले आफ्नो भूमिका इमान्दारिताका साथ अघि बढाउन र प्रभावकारी कार्यसम्पादनका लागि निर्देशन दिनुभएको छ ।’

कानून, न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुवेदीले समितिमा रहेका विधेयक र समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन र गम्भीर भएर काममा लाग्न सभामुखले आग्रह गरेको बताए  ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : १९ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र