ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट « Khabarhub

ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पुरानो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गरिने बताए। सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम अगाडि बढाएको उल्लेख गर्दै उनले त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताए।

नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्दै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्न आग्रह गरे । ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै मन्त्री बस्नेतले त्यसबाट जोगिन अनुकूल उपायको खोजी गरिरहेको बताए । 

बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका लागि नेपाल सरकारसँग मिलेर काम गर्न बेलायत तयार रहेको बताए । 

उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्रीसम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढिने बताए ।   भेटमा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो ।

यस्तै ऊर्जामन्त्री बस्नेतसँग आजै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले  पनि शिष्टाचार भेट गरे । सो भेटमा मन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए। 

सो अवसरमा उनीहरूबीच आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारलगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : २५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि