नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको भवन शिलान्यास « Khabarhub

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको भवन शिलान्यास


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको काठमाडौं सामाखुसीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्यास गरेका छन् । 

कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य सुरुवातको लागि भूमि पूजन समेत गरे ।

राजदूत तइयोङले वर्तमान समयमा बढ्दै गएको साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साइबर ब्युरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 आगामी दिनमा साइबर ब्युरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उनले बताए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतीको रूपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताए । 

सीमित साधन स्रोत एवं पूर्वाधारका बावजुद साइबर ब्युरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा साइबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साइबर ब्युरोको संरचना सुदृढिकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताए । 

महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गरे ।  

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : १६ बजे

एक करोड पटक हेरियो फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’, भोलिबाट प्रदर्शनमा

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’मा समावेश गीत ‘डोको

संविधानको मर्म अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड

काठमाडौं– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्म अनुसार जिम्मेवार

यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगानी कैद मुक्त

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट  २६१ जना

लोकतन्त्रको उपहास– चुपचाप फलानोमा छाप !

काठमाडौं- मत भनेको विवेक हो । मतमार्फत मतदाताले आफ्नो वारेस

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं– नेपाल टेलिकमले स्थापनाको २२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।