एसिया कप क्रिकेट : पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत « Khabarhub

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा नेपालसमक्ष ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानले नेपालविरुद्ध ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएपछि नेपालसमक्ष विशाल लक्ष्य प्रस्तुत गरेको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए ।

त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ०५ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार