नेपाली जनताले एमसीसी स्वीकार गरेका छैनन्, कार्यान्वयन हुन दिन्नौँ : महासचिव विप्लव « Khabarhub

नेपाली जनताले एमसीसी स्वीकार गरेका छैनन्, कार्यान्वयन हुन दिन्नौँ : महासचिव विप्लव


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी स्वीकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

एमसीसी परियोजना कार्यान्वयनविरुद्ध बुधबार काठमाडौंमा नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगाएतका दलले गरेको विरोध प्रदर्शनमा बोल्दै विप्लवले मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले समेत स्वीकार नगरेको अवस्थामा यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् ।

उनले एमसीसी आयोजना बिकास नभएको र नेपाली सार्वभौमिकताको विनास भएको र साम्राज्यवादको अतिक्रमण भएकाले अस्वीकार गरिएको धारणा राखे । उनले सरकारले उचालेको भरमा एमसीसी अघि बढाउन खोजे जनताले प्रतिकार गर्ने जिकिर गरे ।

विप्लवले सरकारले साँच्चिकै विकास चाहेको भए प्रधानमन्त्रीले एमसीसी खारेज गरेको घोषणा गर्नुपर्ने र सरकार जनताको पक्ष वा साम्राज्यवादको पक्षमा उभिने भन्ने प्रष्ट पार्नुपर्ने उल्लेख गरे ।

मुलुकको वामपन्थी समाजवादीहरुलाई सखाप पार्ने नियतका साथ अमेरिकाले नेपालमा एमसीसी लाद्न खोजेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ११ बजे

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो