नेपालले तेस्रो विकेट पनि गुमायो, आशिफ शेख ५ रन बनाएर आउट « Khabarhub

नेपालले तेस्रो विकेट पनि गुमायो, आशिफ शेख ५ रन बनाएर आउट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट पनि गुमाएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालका आशिफ शेख पनि आउट भएका हुन् ।

१ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका हुन् । उनले ५ बलमा ५ रन बनाए । उनको स्थानमा सोमपाल कामी मैदान प्रवेश गरेका छन् ।

त्यसअघि कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए । भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिएका हुन् ।

भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । त्यसअघि पाकिस्तानको मुल्तानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ४८ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय