नेपालले गुमायो सातौँ विकेट « Khabarhub

नेपालले गुमायो सातौँ विकेट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध जारी खेलमा नेपालले सातौँ विकेट पनि गुमाएको छ । पाकिस्तानको मुल्तानमा जारी खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भए । उनी सदाब खानको बलमा फखर जमानबाट क्याच आउट भए । त्यसअघि खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन बनाएर आउट भए ।

उनी मोहम्मद नवाजको बलमा आउट भएका थिए भने खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए । उनी हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए । त्यसअघि खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६ रन बनाउँदै हारिस रउफको बलमा बोल्ड भए ।

त्यसअघि १ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका थिए । उनले ५ बलमा ५ रन बनाए । कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए ।

भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिएका हुन् ।

भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए । त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : २५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका