एसिया कप क्रिकेट : नेपालले गुमायो आठौँ विकेट « Khabarhub

एसिया कप क्रिकेट : नेपालले गुमायो आठौँ विकेट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध जारी खेलमा नेपालले आठौँ विकेट पनि गुमाएको छ । पाकिस्तानको मुल्तानमा जारी खेलको २१ ओभर  बलमा नेपालका सन्दीप लामिछाने सदाब खानको बलमा डक आउट भए ।

त्यसअघि खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भएका थिए । उनी सदाब खानको बलमा फखर जमानबाट क्याच आउट भएका थिए भने खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन बनाएर आउट भए ।

उनी मोहम्मद नवाजको बलमा आउट भएका थिए । खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए । उनी हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए । त्यसअघि खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६ रन बनाउँदै हारिस रउफको बलमा बोल्ड भए ।

त्यसअघि १ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका थिए । उनले ५ बलमा ५ रन बनाए । कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए ।

भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिएका हुन् ।

भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए । त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : ३१ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र