एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित « Khabarhub

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ ।

गएराति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।

यसैगरी, ६१५ मत सहित उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन् । सचिवमा १ मत बढी प्नाप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भए । पूर्व वरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।

दुई उपसचिवमा प्रेमकुमार महर्जन र भक्त कुमारी लामा विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

साथै, लेखा आयोग अध्यक्षमा श्याम कृष्ण श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ४६ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४