नेपालमा भारतीय वीराङ्गगनाको समाधि, त्यो पनि राजधानीको सर्वाधिक कोलाहलयुक्त ठाउँ रत्नपार्कमा । कसरी सम्भव भयो त ? यो सत्य थाहा पाउन तपाईं दुई सय वर्षअघिको इतिहासतर्फ फर्कनु पर्छ । भारतमा रहेको तत्कालीन इष्ट इण्डिया कम्पनीको अंग्रेज सरकारले देश निकाला गरेपछि राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा ती वीराङ्गगनालाई शरण दिएर थापाथलीस्थित हाल राष्ट्र बैंक रहेको घरमा राखेका थिए ।
जसको नाम थियो– बेगम हजरत महल । नेपालमै रहँदा देहावसान भएकाले उनकै इच्छामा यहीँ समाधिस्थ गरिएको हो । छोरा, आफ्ना नजिकका नाताकासाथ उनले दुई दशक नेपालमा बिताइन । एउटा देशको स्वतन्त्र सेनानी अर्को देशमा समाधिस्थ भएको विरलै घटनामध्ये यसलाई अनुपम मानिन्छ । त्यसो त रत्नपार्क क्षेत्रमा कामकाजीदेखि काम नहुनेसम्मको ठेलमठेल देख्न पाइन्छ ।
रत्नपार्क, बसपार्क, राजदरबार र बागबजारलाई जोड्ने आकासे पुलको आड लिएर जामघण्टाघरस्थित जामे मस्जिदको हातामा रहेको भारतीय वीराङ्गनाको समाधिले ‘बन्दे मातरम’को चुपचाप बन्दना गरिरहेको छ । रत्नपार्कको आकाशे पुल चढ्दा घण्टाघरतिर रहेको जामे मस्जिदको हातामा हेर्नुभयो भने तारबार गरिएको एउटा साँघुरो स्थान देखिन्छ ।
धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ । एउटी त्यस्ती वीराङ्गना, जसले अंग्रेज शासकसँग विद्रोह गरिन्, तर अन्तिममा मृत्युपछि चीर निद्राका लागि आफ्नै जमिन समेत भाग्यमा लेखिएन । विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरै समयसम्म अनजान र अलपत्र रह्यो । अवधकी बेगमको नामले चिनिने बेगम हजरत महल (१८२० – ७ अप्रिल १८७९), नवाब वाजिद अलि शाहकी द्वितीय रानी थिइन् । अंग्रेज आक्रमणले उनका पति कलकत्तामा निर्वासित भएपछि अवधको सत्ताको बागडोर सम्हाल्न पुगिन् । यिनले आफ्नो पुत्र सहाजादा बिर्जिस कादरलाई अवध (लखनउ) को बादशाह घोषित गरेकी थिइन् ।
तर, केही समय राज्य चलाएपछि उनलाई अङ्ग्रेजले विदेशिन बाध्य पारेका थिए । भारतको इतिहासमा बेगम हजरत महलको स्थान एक स्वतन्त्रता सेनानीको रूपमा छ । उनले सन् १८५७ मा ब्रिटिस इस्ट इन्डियासँग युद्ध गरेकी थिइन् । युद्धमा हारेपछि उनले नेपाल आएर शरण लिएको इतिहास छ । उनको सन् १८७९ मा नेपालमै मृत्यु भएको थियो । महलको जन्म फैजाबाद अवधमा भएको थियो । उनको नाम मुहम्मदी खातुन थियो । यिनलाई पछि शाही दरबारमा खवासिन (सेविका)को रूपमा पुर्याइएको थियो ।
पछि नवाब बाजिद अली शाहले सहाजादा बिर्जिस कादरलाई जन्म दिएको खुसीमा उनलाई बेगम हजरत महल नाम र उपाधि दिएका थिए । विलियम किङ्टनको पुस्तक ‘द प्राइभेट लाइफ अफ अ इस्टर्न किङ’का अनुसार नवाब वाजिद अली शाह अत्यन्त रसिक मिजासका थिए । यिनको प्रायः समय मोजमस्ती र गानाबजानामा बित्ने गथ्र्याे । दिवाने खासको कार्य र अरू जिम्मेवारीमा उनलाई खासै रुचि थिएन ।
अवधलाई चारैतिरबाट ब्रिटिस फौजले घेरिसकेको थियो । यसरी सुस्त प्रशासक रहेको लखनउलाई आफ्नो वशमा पार्न अंग्रेजलाई खासै कठिन थिएन । यसरी, गभर्नर जनरल १८५६, लोर्ड डलहाउसले वाजिद अली शाहलाई मतियाबुर्ज कलकत्ता लगेर थुनेका थिए । सन् १८५७ का वीरहरू नानासाहेब, बेनी माधो, तात्या टोपे, कुँवर सिंह, फिरुज शाहलगायत अन्य क्रान्तिकारी जस्तै उनले पनि लखनउबाटै ब्रिटिस अंग्रेजविरुद्ध युद्ध गरेकी थिइन् । उनी क्रान्तिकारी मात्रै नभएर उनले युद्धको मैदानमै गएर लडेको इतिहास छ । पहिला नानासाहेब अनि पछिबाट फैजाबादको मौलवीहरूसँग मिलेर उनी अगाडि बढेकी थिइन् ।
लखनउमा १८५७ को क्रान्तिको नेतृत्व बेगमले गरेकी थिइन् । आफ्नो नाबालिग पुत्र बिरजिस कादरलाई गद्दीमा बसाएर उनले अंग्रेजी सेनाको स्वयं मुकाबला गरेकी थिइन् । संगठनको अभूतपूर्व क्षमता थियो, जसले गर्दा अवधका जमिनदार, किसान र सैनिक उनको नेतृत्वमा अघि बढिरहे । आलमबागको लडाइँका दौरान आफ्ना सिपाहीको उनले भरपूर हौसला बढाएकी थिइन । हात्तीमा सवार भएर सैनिकको साथमा दिनरात युद्ध गरिरहिन् । बेगम हजरत महल र रानी लक्ष्मीबाईको सैनिक दलमा तमाम महिला सामेल थिए । लखनउमा बेगम हजरत महलको महिला सैनिक दलको नेतृत्व रहिमीको हातमा थियो, उनले फौजको जस्तो पोसाक र भेष गरेर महिलालाई तोप, बन्दुक चलाउन सिकाइन् । भनिन्छ, अवध भारतको अत्यन्त प्राचीन प्रदेशमध्ये एक हो । तत्कालीन समयमा यो एक राज्य नै थियो ।
तर, केही समय राज्य चलाएपछि उनलाई अङ्ग्रेजले विदेशिन बाध्य पारेका थिए । भारतको इतिहासमा बेगम हजरत महलको स्थान एक स्वतन्त्रता सेनानीको रूपमा छ । उनले सन् १८५७ मा ब्रिटिस इस्ट इन्डियासँग युद्ध गरेकी थिइन् । युद्धमा हारेपछि उनले नेपाल आएर शरण लिएको इतिहास छ । उनको सन् १८७९ मा नेपालमै मृत्यु भएको थियो । महलको जन्म फैजाबाद अवधमा भएको थियो । उनको नाम मुहम्मदी खातुन थियो । यिनलाई पछि शाही दरबारमा खवासिन (सेविका)को रूपमा पुर्याइएको थियो ।
पछि नवाब बाजिद अली शाहले सहाजादा बिर्जिस कादरलाई जन्म दिएको खुसीमा उनलाई बेगम हजरत महल नाम र उपाधि दिएका थिए । विलियम किङ्टनको पुस्तक ‘द प्राइभेट लाइफ अफ अ इस्टर्न किङ’का अनुसार नवाब वाजिद अली शाह अत्यन्त रसिक मिजासका थिए । यिनको प्रायः समय मोजमस्ती र गानाबजानामा बित्ने गथ्र्याे । दिवाने खासको कार्य र अरू जिम्मेवारीमा उनलाई खासै रुचि थिएन । अवधलाई चारैतिरबाट ब्रिटिस फौजले घेरिसकेको थियो । यसरी सुस्त प्रशासक रहेको लखनउलाई आफ्नो वशमा पार्न अंग्रेजलाई खासै कठिन थिएन । यसरी, गभर्नर जनरल १८५६, लोर्ड डलहाउसले वाजिद अली शाहलाई मतियाबुर्ज कलकत्ता लगेर थुनेका थिए । सन् १८५७ का वीरहरू नानासाहेब, बेनी माधो, तात्या टोपे, कुँवर सिंह, फिरुज शाहलगायत अन्य क्रान्तिकारी जस्तै उनले पनि लखनउबाटै ब्रिटिस अंग्रेजविरुद्ध युद्ध गरेकी थिइन् । उनी क्रान्तिकारी मात्रै नभएर उनले युद्धको मैदानमै गएर लडेको इतिहास छ । पहिला नानासाहेब अनि पछिबाट फैजाबादको मौलवीहरूसँग मिलेर उनी अगाडि बढेकी थिइन् ।
लखनउमा १८५७ को क्रान्तिको नेतृत्व बेगमले गरेकी थिइन् । आफ्नो नाबालिग पुत्र बिरजिस कादरलाई गद्दीमा बसाएर उनले अंग्रेजी सेनाको स्वयं मुकाबला गरेकी थिइन् । संगठनको अभूतपूर्व क्षमता थियो, जसले गर्दा अवधका जमिनदार, किसान र सैनिक उनको नेतृत्वमा अघि बढिरहे । आलमबागको लडाइँका दौरान आफ्ना सिपाहीको उनले भरपूर हौसला बढाएकी थिइन । हात्तीमा सवार भएर सैनिकको साथमा दिनरात युद्ध गरिरहिन् । बेगम हजरत महल र रानी लक्ष्मीबाईको सैनिक दलमा तमाम महिला सामेल थिए । लखनउमा बेगम हजरत महलको महिला सैनिक दलको नेतृत्व रहिमीको हातमा थियो, उनले फौजको जस्तो पोसाक र भेष गरेर महिलालाई तोप, बन्दुक चलाउन सिकाइन् । भनिन्छ, अवध भारतको अत्यन्त प्राचीन प्रदेशमध्ये एक हो । तत्कालीन समयमा यो एक राज्य नै थियो ।
ब्रिटिसले लखनउ पुनः कब्जा गरेपछि बेगमले तत्कालीन नेपालका प्रधानमन्त्री जंगबहादुर राणासँग शरण मागेकी थिइन् र उनलाई काठमाडौं थापाथलीस्थित हालको नेपाल राष्ट्र बैंक रहेको भवनमा बस्न दिइएको थियो । आफ्ना छोरा र केही विश्वासपात्रसहित उनी लखनउबाट काठमाडौं आएकी थिइन् । यहाँ उनले आफ्नो जीवनको अन्तिम २० वर्ष काट्नुपरेको थियो ।
जंगबहादुरको ब्रिटिससँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि बेगमलाई शरण दिएर उनले एक हितैसी छिमेकीको उदाहरण प्रस्तुत गरेका थिए । सन् १८५९ मा काठमाडौंमै दिवंगत उनलाई इस्लामिक परम्पराअनुसार दफनाइएको थियो । बेगम हजरत महलको स्मृतिमा लखनउको हजरतगन्जमा पार्क बनाइएको छ । विकिपेडियाका अनुसार बिर्जिस एक अब्बल दर्जाका सायर पनि थिए, र उनी काठमाडौंमा मुसायराको आयोजन गर्ने गर्दथे ।
यस्तै अर्को प्रसंगमा पन्जाबका महाराजा रणजित सिंहकी रानी चाँद कुँवरलाई दोस्रो सिख युद्ध विजयपछि अंग्रेजहरूले कैद गरेर राखेका थिए । युक्तिपूर्वक बन्धनबाट उम्केर जोगिनीको भेषमा उनी सरासर १८४९ मा नेपालको भिच्छाखोरीसम्म आइपुगिन् । त्यहाँबाट जंगबहादुरलाई पठाएको पत्रमा उनले आफ्नो अस्वस्थताको सूचना साथै अब उप्रान्त नेपालमै बस्ने इच्छा जाहेर गरेकी थिइन् । अंग्रेजहरूको कैदबाट भागेकी एक रानीलाई शरण दिनु अंग्रेजसित शत्रुता कमाउनु थियो, तर हाम्रो मूल्य–मान्यताअनुसार शरणागत, त्यो पनि एक असहाय स्त्रीलाई शरण नदिनु नेपाली मान्यताविपरीत थियो । अन्तमा जंगबहादुरले रानी चाँदकुँवरलाई इज्जतका साथ काठमाडौं ल्याउन आदेश दिए । चाँदकुँवरलाई नेपालमा पाहुनाका रूपमा शरण दिइएको छ भन्ने खबर सुन्नासाथ नेपाल र कम्पनी सरकारको मित्रताको रक्षार्थ उनलाई छाडी अविलम्ब बुझाउन अंग्रेज सरकारले नेपाल सरकारलाई आग्रह गर्यो । जंगबहादुरले नेपालको हिन्दु परम्पराअनुसार शरणागतलाई फिर्ता गरेर पाप गर्न मिल्दैन भनी राजदूतमार्फत खबर पठाएका थिए ।
श्री ३ जंगबहादुरलाई भारतमा विभिन्न मानपदवी र अलंकारले विभूषित गरेको इतिहास भेटिन्छ । सन् १८५४ मा इन्डियन ग्रान्ड सर्भिस मेडल, सन् १८५८ मा इन्डियन म्युटिनिटी मेडल, सन् १८५८ मै नाइटग्रान्ड क्रस अफ द अर्डर अफ द बाथ, सन् १८७३ मा नाइट ग्रान्डकमान्डर अफ द अर्डर अफ द स्टार अफ इन्डिया, प्रिन्स अफ वेल्स मेडल १८७६ इत्यादिबाट जंगबहादुर विभूषित थिए ।
उनको दूरदर्शिता र छिमेकीसँगको असल व्यवहारको नमुना बेगम हजरत महललाई इज्जतका साथ नेपालमा लामो समयका लागि शरण दिनुबाट प्रस्टै झल्किन्छ । बेगम एक वीराङ्गना थिइन उनले भारतको इतिहासमा साम, दाम, दण्ड, भेदको चाल बोकेर आएका अंग्रेजलाई प्रशस्त चुनौती दिएकी थिइन् । यसरी भारतकी एक वीराङ्गना क्रान्तिकारी बेगम र अर्की शरणागत रानी चाँद कुँवरलाई एक असल छिमेकीका रूपमा ससम्मान शरण दिएर इज्जत बढाएको इतिहास हाम्रो मुलुकको रहेको छ ।
नेपालको गरिमामय आतिथ्यको यो इतिहास र तत्कालीन प्रबुद्धशाली अंग्रेजहरूसँग तिनको इच्छाविरुद्ध तिनकै विरोधीलाई शरण दिनु कम चुनौतीपूर्ण थिएन ।