ज्ञानको तिर्खा घट्यो (फोटो फिचर) « Khabarhub

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले गरेको बृहद् पुस्तक प्रदर्शनीमा पाठकको आकर्षण न्यून देखिएको छ । दशैँ तिहारको छेको पारेर गरिने प्रदर्शनीमा एकाध वर्षअघिसम्म पाठकहरूको छिचोली नसक्नु भीड हुने गथ्र्यो ।

 लामो बिदामा पढ्ने खुराकका लागि पाठकले भरपूर यो समय सदुपयोग गर्थे । अझ सार्वजनिक बिदाका दिन त किताब छान्नेको घुइँचो हुन्थ्यो । तर  अहिले औँलामा गन्न सकिने पाठकको उपस्थिति देखिदैन । आखिर किन त रु सामाजिक सञ्जालतर्फ रुचि बसाइं सर्नुको परिणाम, सोर्स फोर्समा छापिने गुणस्तरहीन पुस्तकप्रतिको वितृष्णा र अर्को आयमा आएको संकुचनका कारण खर्च कटौती यिनै तीनवटै पक्षबाट बिक्रेताले विश्लेषण गरेका छन् ।

 यो सँगै जोडिएको अर्को पक्ष के छ भने अन्तर्राष्ट्रिय बजारमा कागजको मूल्य बढेको कारण देखाएर प्रकाशन लगानी बढ्दा यहाँ प्रकाशित पुस्तक आम नागरिकका लागि सर्वसुलभ बन्न सकेका छैनन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  २ : ३५ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ