मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन « Khabarhub

मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेका छन् ।

भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरू अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका– ५ स्थित काफलचौरमा निर्माण भएको जाजरकोट बहुप्राविधिक शिक्षालय रु पाँच करोड १८ लाखमा निर्माण भएको हो । भवन रोयल कन्स्ट्रक्सन निर्माण कम्पनीले २०७८ पुस २६ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले विद्यार्थीहरूलाई सम्बोधन गर्दै मेहनतबाटै सफलता प्राप्त हुनेमा जोड दिए। उनले शिक्षालयमा नयाँ कार्यक्रमसमेत थप्ने तयारी भइरहेको बताउँदै शिक्षालयसम्म पुग्ने सडक निर्माणका लागि काम भइरहेको बताए ।

सो अवसरमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्वशान्तिमन्त्री सत्यपहाडी, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ३ : २१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप