काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ : उदय शमशेर « Khabarhub

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ : उदय शमशेर


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले काङ्ग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरूमा मोह घटेको  उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर काङ्ग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने  बताए । 

शनिबार सिन्धुली काङ्ग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, ‘काङ्ग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ । युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनीहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।’

उनले पछिल्लो समय काङ्ग्रेस सकियो भनेर अपवाह फैलाउन खोजिएको बताए । नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले कांग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको प्रष्ट पारे । ‘२०६४ सालको चुनावपछि पनि काङ्ग्रेस सकियो भन्थे तर हामी २०७० मा हामी फर्कियौ । अहिले फेरि त्यहीँ भाष्य निर्माण गर्न खोजिदैछ। तर आत्तिनुपर्ने बेला छैन । हामी संयमित भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौँ । हामी निरास होइन, सङ्गठित भएर गाउँ गाउँमा क्रियाशील हुनुपर्छ ।’ 

पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता राणाले  लोकप्रिय कुरा गरेर चर्चामा आउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दावी गरे ।

‘यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन । अब हामी विकल्प दिएर अगाडि बढ्ने हो। काङ्ग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ। त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,’  उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउँदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।’

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ४ : ५५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्