काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ : उदय शमशेर « Khabarhub

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ : उदय शमशेर


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले काङ्ग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरूमा मोह घटेको  उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर काङ्ग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने  बताए । 

शनिबार सिन्धुली काङ्ग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, ‘काङ्ग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ । युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनीहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।’

उनले पछिल्लो समय काङ्ग्रेस सकियो भनेर अपवाह फैलाउन खोजिएको बताए । नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले कांग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको प्रष्ट पारे । ‘२०६४ सालको चुनावपछि पनि काङ्ग्रेस सकियो भन्थे तर हामी २०७० मा हामी फर्कियौ । अहिले फेरि त्यहीँ भाष्य निर्माण गर्न खोजिदैछ। तर आत्तिनुपर्ने बेला छैन । हामी संयमित भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौँ । हामी निरास होइन, सङ्गठित भएर गाउँ गाउँमा क्रियाशील हुनुपर्छ ।’ 

पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता राणाले  लोकप्रिय कुरा गरेर चर्चामा आउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दावी गरे ।

‘यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन । अब हामी विकल्प दिएर अगाडि बढ्ने हो। काङ्ग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ। त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,’  उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउँदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।’

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ४ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना