एचएआइभी सङ्क्रमितको अधिकारका लागि कानुन पुनरावलोकन गर्न आवश्यक « Khabarhub

एचएआइभी सङ्क्रमितको अधिकारका लागि कानुन पुनरावलोकन गर्न आवश्यक


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सामाजिक विभेद एवं समस्याका रूपमा देखिएको एचआइभी सङ्क्रमितको मानवअधिकार संरक्षण गर्नका लागि विद्यमान कानुनहरूमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘एचआइभी मानवअधिकार र कानुन पुनरावलोकन’ सम्बन्धी छलफलमा विद्यमान कानुन पुनरावलोकनबिना नागरिक अधिकार प्राप्त हुन नसक्ने जनाइएको हो । उक्त कार्यक्रममा आयोगका कानुन महाशाखा प्रमुख झङ्करबहादुर रावलले ‘एचआइभी मानवअधिकार र कानुन पुनरावलोकनबारे कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्र प्रस्तुत गर्दै महाशाखा प्रमुख रावलले समाजका सबैखाले विभेद र असमानताको अन्त्य गरी मानवअधिकारको सुनिश्चित र समानता प्रदान गर्न मौजुदा कानुनको पुनरावलोकन आवश्यक भएको बताए । समाजमा एचआइभी सङ्क्रमितले भोग्दै आएको विभेद र अपहेलनाले बाँच्नै गाह्रो भएको अवस्थालाई राज्यले मनन गरी उनीहरूको अधिकार सुनिश्चित विद्यमान कानुनबाट नहुने उनको भनाइ थियो ।

समानता र सामाजिक न्यायसहितको राज्य निर्माणमा जोड दिनुपर्ने बताएको उनले तथ्यांकअनुसार योजना नबन्नु, स्रोत, साधनको अभाव, निष्प्रभावी जनचेतना र बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन नहुनु ठूलो समस्या रहेको बताए।

आयोगका सदस्य मनोज दवाडीले सकारात्मक विभेद कार्यान्वयन र नकरात्मक विभेदको अन्त्य हुनुपर्ने बताए । सदस्य दबाडीले भने, ‘दान दातव्य दिनेजस्तो नभई सामाजिक न्यायमा आधारित कानुन निर्माण गर्नुपर्दछ । बन्द कोठाभित्र बनाएका कानुन जनमैत्री हुन सक्दैनन् ।’ उनले पत्रकारलाई विचार निर्माण गरी सही कानुन निर्माणमा दबाब सिर्जना गर्ने वातावरण बनाउन आग्रह गरे ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँका निर्देशक डा सञ्जय ठाकुरले स्थानीय तहबाटै नागरिकले सेवा प्राप्त गर्न सकोस् भन्ने उद्देश्यका साथ मुलुक सङ्घीयता गएको बताउँदै एचआइभी सङ्क्रमणलाई सामाजिक कलङ्कजस्तो ठान्ने दृष्टिकोण समाजमा रहेको बताए। उनले भने, ‘नकरात्मक दृष्टिकोणका कारण सङ्क्रमितहरू समाजमा खुल्न चाहँदैनन्, जसले गर्दा यो रोग भुसको आगोजस्तै फैलिने खतरा छ ।’

जति खुल्न सक्यो त्यति नै सामाजिक सद्भाव कायम हुने र विभेद हट्ने भन्दै वडा तहबाटै सङ्क्रमितहरूको अधिकार, सेवा र सुरक्षाका कार्यक्रम बनाउनुपर्नेमा डा ठाकुरले जोड दिए । एचआइभी सङ्क्रमितलाई समाजमा स्थापित गर्न व्यावसायिक तालिम दिनुका साथै आयआर्जनका कार्यक्रममा तीनै तहका सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो ।

परामर्शदाता रुपनारायण श्रेष्ठले प्रदेशस्तरमा एचआइभीसम्बन्धी नीति आउनुपर्ने धारणा राखे । विसं २०६५ पछि यससम्बन्धीको नीतिमा संशोधन नभएको जनाउँदै उनले स्थानीय सरकारबाट बजेट तथा कार्यक्रम निरन्तर र भइरहेका कुरा व्यवस्था हुनसके धेरै प्रतिफल प्राप्त हुने बताए ।

आयोगका कर्णाली प्रदेश प्रमुख लोकनाथ बाँस्तोलाले प्रभावित सङ्क्रमितले आफैँले सचेतना जगाउने भन्दा स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीले त्यसको अगुवाइ गर्नुपर्ने मत प्रकट गरे । उक्त कार्यक्रममा सहभागी एक महिला सङ्क्रमितले रोगले भन्दा समाजको अपहेलनाले बाँच्न गाह्रो बनाएर अनुभूति राखे। उनले एचआइभी सङ्क्रमितलाई बाँच्नका लागि पोषणयुक्त खानाको आवश्यक भएको र यसमा सबै सरकारले सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ५८ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा