एमालेको कोशी अधिवेशनमा निर्वाचनको तयारी पूरा, आइतबार बिहान मतदान सुरु हुने | Khabarhub Khabarhub

एमालेको कोशी अधिवेशनमा निर्वाचनको तयारी पूरा, आइतबार बिहान मतदान सुरु हुने


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचनको सबै तयारी पूरा भएको छ ।

अधिवेशनमा शनिबार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिए ।

उनले आइतबार बिहानदेखि मतदान भई बेलुकासम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताए । अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारीसहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्ने बताइएको छ ।

भरसक सहमतिको प्रयास भइरहेको र विभिन्न कल्स्टरबाट चुनिनुपर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने बताइएको छ । मतदान भने आइतबार बिहान ११ बजेबाट हुने रानाले जानकारी दिए ।

अधिवेशनमा १३७ वटा पालिकासहित विभिन्न जनवर्गीय संगठन, दलित, मजदुर प्रतिनिधि गरी ९ सय ९७ जना मतदाता रहेको छ । अधिवेशनमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ४१ बजे

एभर्टनसँग चेल्सी २–० ले पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको

सुन्तलाको बगैँचामा पस्न डराउँछन् दोसल्लेवासी !

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरियो

काठमाडौँ– दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज

न कमाएको धन, न रमाएको मन

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि