एकल वाचनमा कवि मञ्जुल « Khabarhub

एकल वाचनमा कवि मञ्जुल


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भए । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’ मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए ।

पोखरेली वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गरेका थिए ।

उनले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका कवितासमेत सुनाएका थिए । राल्फा समूहको सर्जक र गायकका रूपमा जनताका आवाज मुखरित गर्दाको क्षणलाई मञ्जुलले कविता वाचनका क्रममा स्मरण गरे ।

आजभन्दा झण्डै ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन उक्त समूह सक्रिय भएको थियो । पछि त्यो राल्फा सांस्कृतिक आन्दोलनका रूपमा विकास भएको थियो । उक्त समूहमा मञ्जुल, रामेश, रायनलगायत गायक तथा संस्कृतिकर्मी सहभागी थिए ।

कवि तीर्थ श्रेष्ठले मञ्जुललाई जनवादी गायकसँगै कवि व्यक्तित्वका रुपमा लिए । “उहाँ जागरणका गायक हुनुहुन्छ, कविता, यात्रा संस्मरणमा पनि उहाँ सशक्त देखिनुहुन्छ”, श्रेष्ठले भने, “धेरै कविहरूका लागि मञ्जुल दाइ अभिभावक, मागदर्शक र उत्प्रेरक हुनुहुन्छ ।”

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जीवनको उत्तरार्धमा पनि कवि मञ्जुल सिर्जनाकर्ममा उत्तिकै सक्रिय रहेको बताए । “उहाँजस्तो विशिष्ट प्रतिभालाई पोखरामा एक वाचनमा उभ्याउन पाउँदा हामी पनि गर्वित छौँ”, उनले भने ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : ३० बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको