एकल वाचनमा कवि मञ्जुल « Khabarhub

एकल वाचनमा कवि मञ्जुल


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भए । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’ मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए ।

पोखरेली वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गरेका थिए ।

उनले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका कवितासमेत सुनाएका थिए । राल्फा समूहको सर्जक र गायकका रूपमा जनताका आवाज मुखरित गर्दाको क्षणलाई मञ्जुलले कविता वाचनका क्रममा स्मरण गरे ।

आजभन्दा झण्डै ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन उक्त समूह सक्रिय भएको थियो । पछि त्यो राल्फा सांस्कृतिक आन्दोलनका रूपमा विकास भएको थियो । उक्त समूहमा मञ्जुल, रामेश, रायनलगायत गायक तथा संस्कृतिकर्मी सहभागी थिए ।

कवि तीर्थ श्रेष्ठले मञ्जुललाई जनवादी गायकसँगै कवि व्यक्तित्वका रुपमा लिए । “उहाँ जागरणका गायक हुनुहुन्छ, कविता, यात्रा संस्मरणमा पनि उहाँ सशक्त देखिनुहुन्छ”, श्रेष्ठले भने, “धेरै कविहरूका लागि मञ्जुल दाइ अभिभावक, मागदर्शक र उत्प्रेरक हुनुहुन्छ ।”

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जीवनको उत्तरार्धमा पनि कवि मञ्जुल सिर्जनाकर्ममा उत्तिकै सक्रिय रहेको बताए । “उहाँजस्तो विशिष्ट प्रतिभालाई पोखरामा एक वाचनमा उभ्याउन पाउँदा हामी पनि गर्वित छौँ”, उनले भने ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : ३० बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो