जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो « Khabarhub

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ । जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएकी थिइन् ।

अमेरिका भ्रमणका क्रममा फक्स न्यूज टेलिभिजन च्यानलसँगको साक्षात्कारमा विदेशमन्त्री बाएरबकले राष्ट्रपति सीलाई तानाशाह भनेपछि चीनले जर्मन राजदूतसँग स्पष्टीकरण सोधेको छ ।

अमेरिकाको टेक्सस राज्यमा फक्स न्यूजलाई दिएको अन्तरवार्तामा उनले युक्रेनमा जारी आक्रमणमा रुसी भूमिकाको निन्दासमेत गरेकी थिइन् । उक्त अन्तरवार्तामा उनले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस युद्धमा विजयी हासिल गरेको खण्डमा चिनियाँ राष्ट्रपति सीजस्ता तानाशाहलाई कस्तो सन्देश जाला ?’ भन्ने प्रश्न गरेकी थिइन् ।

त्यसैले स्वतन्त्रता, लोकतन्त्रको जितका लागि यस युद्ध युक्रेनले जित्नुपर्ने उनको तर्क थियो ।

चिनियाँ विदेश मन्त्रालयले जर्मन विदेशमन्त्रीको हास्यास्पद भनाइले चिनियाँ राजनीतिक अस्मितामा हस्तक्षेप गरेको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ३५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु