राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाने « Khabarhub

राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाने


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदैछन् । जलवायु परिवर्तनको असरबारे बुझ्न उनी सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । 

गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भूभागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् । 

मौसम अनुकूलताअनुसार उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।

सोलुखुम्बुबाट फर्किएपछि गुटेरेस ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् भने त्यसपछि पोखरा जाने कार्यक्रम रहेको छ ।

आज पोखरामै बस्ने गुटेरेस भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरामा पत्रकार सम्मेलन गरी भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । 

लुम्बिनीबाट काठमाडौँ फर्किएपछि उनले अपराह्न संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नेछन् । महासचिव गुटेरेस बुधवार स्वदेश फर्किने छन् । 

हिजो नेपाल भ्रमणमा आएका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्री एनपी साउदलगायत दलका नेताहरूसँग राजनीतिक भेटघाट गरिसकेका छन् । 

गुटेरेस प्रधानमन्त्री दाहालले उनको सम्मानमा दिएको रात्रिभोजमा सहभागी भएका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ३८ बजे

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म