राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाने « Khabarhub

राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाने


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदैछन् । जलवायु परिवर्तनको असरबारे बुझ्न उनी सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । 

गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भूभागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् । 

मौसम अनुकूलताअनुसार उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।

सोलुखुम्बुबाट फर्किएपछि गुटेरेस ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् भने त्यसपछि पोखरा जाने कार्यक्रम रहेको छ ।

आज पोखरामै बस्ने गुटेरेस भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरामा पत्रकार सम्मेलन गरी भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । 

लुम्बिनीबाट काठमाडौँ फर्किएपछि उनले अपराह्न संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नेछन् । महासचिव गुटेरेस बुधवार स्वदेश फर्किने छन् । 

हिजो नेपाल भ्रमणमा आएका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्री एनपी साउदलगायत दलका नेताहरूसँग राजनीतिक भेटघाट गरिसकेका छन् । 

गुटेरेस प्रधानमन्त्री दाहालले उनको सम्मानमा दिएको रात्रिभोजमा सहभागी भएका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ३८ बजे

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल