लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या | Khabarhub Khabarhub

लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए ।

बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो ।

मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवै जनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  २ : ०१ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान