मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला | Khabarhub Khabarhub

मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैँका कारण केही ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका हुन् ।

तिहार अघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत कार्यसम्पन्न हुने उनले बताए । उनले मुग्लीङ पोखरा, नागढुङ्गा लगायतका सडकलाई प्राथमिकताका साथ अघि बढाइएको धारणा राखे । सडकको स्तरोन्नतिका क्रममा केही समस्या आएपनि त्यसलाई हल गर्दै व्यवस्थित रुपमा अघि बढाइने उनले बताए । उनले चाडपर्वका बेला सहज रुपमा आवातजावतका लागि आवश्यक निर्देशन दिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । समिति सदस्य प्रदीप पौडेलले वर्षौँसम्म पनि एउटा पनि आयोजना सम्पन्न नहुँदा त्यसको प्रभाव धेरै देखिएपनि सरोकारवाला गम्भीर हुन नसकेको बताए । उनले तोकिएको आयोजना समयमा नै नसकिँदा म्याद थप्ने काम बन्द गर्नुपर्ने जिकिर गरे ।

अन्य समिति सदस्यहरूले चक्रपथ सुधार आयोजनालाई छिटो भन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : १५ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत