नागरिकतामा हस्ताक्षर गर्ने अधिकारी नहुँदा सास्ती « Khabarhub

नागरिकतामा हस्ताक्षर गर्ने अधिकारी नहुँदा सास्ती


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन् । 

लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खेलीसर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन् । नागरिकतालगायत अन्य प्रशासनिक काममासमेत बाधा पुगेको छ ।

इलाका प्रशासनबाट हुने सम्पूर्ण कामकाज ठप्प हुँदा यस क्षेत्रका सेवाग्राही समस्या परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तै घर फर्कन बाध्य भएको नेकपा (माओवादी केन्द्र) सर्केगाड गाउँपालिका समिति अध्यक्ष छवि थापाले बताए । 

कार्यालय बन्द हुँदा नागरिकले भदौ महिनादेखि नागरिकता बनाउनसमेत नपाएको अध्यक्ष थापाले बताए । नागरिकता मात्र नभएर इलाका प्रशासनबाट हुने कुनै काम गर्न नपाएको उनले बताए। 

कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरू समस्यामा परेको सर्केगाड गाउँपालिका–१ जैरका युवराज रावतले गुनासो गरे । नागरिकता बनाउन नपाउँदा आफूलाई समस्या भएको रावतको भनाइ थियो । 

जैर गाउँबाट झन्डै तीन घण्टा हिँडेर सर्केगाड आइपुगेको भए पनि कार्यालयमा पुग्दा सेवाग्राहीका लागि सेवा दिने कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको रावतले बताए । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । महिना दिन बित्दासमेत कार्यालयमा कर्मचारी कोही नहुँदा दक्षिणी भेगमा रहेका चारवटा गाउँपालिकाका सेवाग्राहीले समस्या भोग्नुपरेको उनले बताए।

गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको नागरिकता बनाउन सर्केगाड पुगेका सोही पालिका–४ का सपना थापाले बताए । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनुपरेको गुनासो थापाको छ । 

सदरमुकाम सिमकोट पुग्न एकदिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । अब एक–दुई दिनमा कार्यालयमा इलाका प्रशासनका प्रमुख नआएपछि सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता पुरानै रहने भएको थापाले बताए । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम नहुने उनको गुनासो छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : ५१ बजे

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका