काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो « Khabarhub

काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अस्ताना– मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपतकालीन मन्त्रालयले आइतबार बताएको छ । 

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘कारागान्दा सहरमा आर्सेलरमित्तल टेमिरटाउ कम्पनीको कोस्टेन्को खानीमा शनिबार भएको आगलागीपछि बेपत्ता भएका खानी मजदुरहरूको उद्धार अभियान अहिले पनि जारी छ ।’

यसअघि शनिबार कजाक सरकारले पीडितहरूको सम्मानमा आइतबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको थियो ।  आगो लाग्दा खानीभित्र दुई सय ५२ मानिस थिए ।

पछि दुई सयभन्दा धेरै मानिसलाई बाहिर निकालिएको थियो । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ४ : ३७ बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई