लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहा, कञ्चनपुर र बाँकेबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका-१३ बाबुराम खोलाबाट अवैध लागूऔषध गाँजा करिब १३ केजीसहित सोही नगरपालिका-१४ बस्ने ५० वर्षीय पदम बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको गस्ती टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैसाखा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-६ ढक्काचाँदर बस्ने २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल रहेका छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से।६ प ४३२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

बाँकेको नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनोद तामाङ, २१ वर्षीया निलु वली र रूकुम मुसीकोट नगरपालिका-१ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीया लक्ष्मी बुढा मगर रहेका छन् ।

 जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट बुशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ४ : ५७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने