‘गदर ३’ निर्माणका लागि जुट्यो सनी देओलको टिम « Khabarhub

‘गदर ३’ निर्माणका लागि जुट्यो सनी देओलको टिम


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सनी देओलको अभिनय करियरकै हिट तथा बलिउडको सबैभन्दा कमाउ फिल्म मध्यको एक ‘गदर २’ को अर्को सिक्वेल ‘गदर ३’ निर्माण हुने भएको छ । फिल्मको नयाँ सिक्वेल निर्माणका लागि निर्माण युनिट जुटिसकेको छ ।

२००१ मा निर्माण ‘गदर’ को सिक्वेलको रुपमा ‘गदर २’ निर्माण भएको थियो । ‘गदर’ को पहिलो सिक्वेल २२ बर्षपछि निर्माण भएपनि दोस्रो सिक्वेल निर्माण भने छिट्टै ल्याउने निर्माण युनिटको तयारी छ । ‘गदर २’ ले भारतीय बक्स अफिसमा ५२५ करोड (भारु) कमाएको छ ।

‘प्रेम’ र ‘पठान’ पछि भारतमा धेरै कमाउने फिल्म ‘गदर २’ भएको छ । ‘गदर २’ को आम्दानी सनी देओलको स्टारडमको कारण भएको निर्माण युनिटको बुझाइछ । त्यसैले पनि उनीहरुले अर्को सिक्वेल बनाउन लागेका हुन् ।

‘गदर ३’ को घोषणा २०२४ को सुरुवातमा हुनेछ । फिल्मको छायांकन ८ महिनापछि सुरु हुनेछ । फिल्मको रिलिज मिति २०२५ बताइएको छ । गदरको दुबै सिक्वेल अनिल शर्माले निर्देशन गरेका हुन् । यो सिक्वेलको पनि निर्देशन उनले नै गर्नेछन् ।
‘
गदर २’ बुबा छोराको जर्नीको बिषयमा निर्माण भएको थियो । ‘गदर ३’ बुबाछोरोको बिषयमै बन्नेछ । फिल्मको मुख्य भूमिकामा सनी र अनिसा पटेलको अलवा नाना पाटेकर समेत देखिनेछन् । ‘गदर २’ की हिरोइन सिम्रत कौर पनि नयाँ सिक्वेलमा दोहोरीनेछिन् ।

स्रोत एएनआइ

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ५७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा