‘गदर ३’ निर्माणका लागि जुट्यो सनी देओलको टिम « Khabarhub

‘गदर ३’ निर्माणका लागि जुट्यो सनी देओलको टिम


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सनी देओलको अभिनय करियरकै हिट तथा बलिउडको सबैभन्दा कमाउ फिल्म मध्यको एक ‘गदर २’ को अर्को सिक्वेल ‘गदर ३’ निर्माण हुने भएको छ । फिल्मको नयाँ सिक्वेल निर्माणका लागि निर्माण युनिट जुटिसकेको छ ।

२००१ मा निर्माण ‘गदर’ को सिक्वेलको रुपमा ‘गदर २’ निर्माण भएको थियो । ‘गदर’ को पहिलो सिक्वेल २२ बर्षपछि निर्माण भएपनि दोस्रो सिक्वेल निर्माण भने छिट्टै ल्याउने निर्माण युनिटको तयारी छ । ‘गदर २’ ले भारतीय बक्स अफिसमा ५२५ करोड (भारु) कमाएको छ ।

‘प्रेम’ र ‘पठान’ पछि भारतमा धेरै कमाउने फिल्म ‘गदर २’ भएको छ । ‘गदर २’ को आम्दानी सनी देओलको स्टारडमको कारण भएको निर्माण युनिटको बुझाइछ । त्यसैले पनि उनीहरुले अर्को सिक्वेल बनाउन लागेका हुन् ।

‘गदर ३’ को घोषणा २०२४ को सुरुवातमा हुनेछ । फिल्मको छायांकन ८ महिनापछि सुरु हुनेछ । फिल्मको रिलिज मिति २०२५ बताइएको छ । गदरको दुबै सिक्वेल अनिल शर्माले निर्देशन गरेका हुन् । यो सिक्वेलको पनि निर्देशन उनले नै गर्नेछन् ।

गदर २’ बुबा छोराको जर्नीको बिषयमा निर्माण भएको थियो । ‘गदर ३’ बुबाछोरोको बिषयमै बन्नेछ । फिल्मको मुख्य भूमिकामा सनी र अनिसा पटेलको अलवा नाना पाटेकर समेत देखिनेछन् । ‘गदर २’ की हिरोइन सिम्रत कौर पनि नयाँ सिक्वेलमा दोहोरीनेछिन् ।

स्रोत एएनआइ

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ५७ बजे

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका