बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर | Khabarhub Khabarhub

बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामीले कलाकारको जिन्दगी रमाइलो देख्छौं । महँगा गाडी, राम्रा कपडा, चट्ट परेको ‘हेयर स्टाइल’, सुन्दर ‘होलिडे डेस्टिनेसन’, महँगा रेस्टुराँको खानपिनमा कलाकारहरु रमाइरहेका देख्छौं ।

कलाकारको जीवनशैली भौतिक सेवाले भरिपूर्ण देखिन्छ । बाडिगार्डसहित कार्यक्रममा उस्थित हुँदा सबैको आकर्षणमा कलाकार नै हुन्छन् । आम दर्शकले देख्ने कलाकारको यो जीवनशैली कठोर मिहिनेतको फल हो । अर्थात् करोडौं दर्शकको मन जितेपछि उनीहरुको जीवनशैली आकर्षक बन्न पुगेको हो ।

बलिउडमा यस्ता कलाकार पनि छन् जसले फिल्म लाइनमा आउन निकै संर्घष गर्नु पर्‍यो । जुन कमैलाई थाहा छ । केहीले यस क्षेत्रमा आउनुभन्दा अगाडि गार्ड र वेटरसम्मको काम गरेका छन् । जान्नुहोस् फिल्म क्षेत्रमा आउनुभन्दा अगाडि कुन कलाकारले के काम गर्थे ।

परिणीति चोपडा

परिणीति एक सम्पन्न परिवारका जन्मिएकी थिएन् । तर, नायिका बन्नुभन्दा पहिला उनी बलिउडकै स्थापित फिल्म स्टुडियोमा काम गर्थिन् । यश राज फिल्म स्टुडियोमा उनले केही समय मार्केटिङ पनि गरिन् ।

रजिनिकान्त

रजिनिकान्तले बसको कन्डक्टरका रुपमा पहिलो काम सुरु गरेका थिए । उनी बैंग्लोर ट्रान्सपोर्ट सर्भिसमा काम गर्थे । त्यही दौरान उनलाई निर्देशक टोपी मुनिप्पा पौराणिक कथामा आधारित नाटकमा अभिनय गर्ने अफर गरेका थिए । ‘स्टेज’ मा विभिन्न नाटकमा अभियन गर्दा गर्दै उनी फिल्म क्षेत्रमा आइपुगेका हुन् ।

अक्षय कुमार

अक्षय कुमार पढाइको दौरान बैंकक पुगेका थिए । त्यहाँ रहँदा उनले एक होटलमा वेटर भएर पनि काम गरे । भारत फर्किएपछि उनले मार्सल आर्ट सिकाउने काम गरे । त्यही क्रममा उनका एक चेलाले उनलाई मोडलिङमा आउन सहयोग गरेका थिए ।

बोमन इरानी

बोमन इरानीले बलिउडको उत्कृष्ट कलाकारको छवि बनाएका छन् । उनी फिल्म लाइनमा आउनुभन्दा पहिले मुम्बईको ताज महल प्यालेस होटलमा वेटरको काम गर्थे । साथै उनले आफ्नी आमाको बेकरी पसलमा सघाउन पनि जान्थे ।

नवाजुद्दिन सिद्दिकी

नवाजुद्दिन सिद्दिकी उत्तर प्रदेशको एक किसान परिवारमा जन्मे–हुर्केका हुन् । उनका बुबा–आमाको आठ सन्तान थिए । गाउँमा रहँदा उनी परिवारकै पेसामा आबद्ध थिए । पछि दिल्ली आएपछि उनीमा फिल्मको भूत सवार भयो । सोही दौरान उनले डेढ वर्ष सुरक्षा गार्डको पनि काम गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ७ : ०८ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का