बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर « Khabarhub

बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामीले कलाकारको जिन्दगी रमाइलो देख्छौं । महँगा गाडी, राम्रा कपडा, चट्ट परेको ‘हेयर स्टाइल’, सुन्दर ‘होलिडे डेस्टिनेसन’, महँगा रेस्टुराँको खानपिनमा कलाकारहरु रमाइरहेका देख्छौं ।

कलाकारको जीवनशैली भौतिक सेवाले भरिपूर्ण देखिन्छ । बाडिगार्डसहित कार्यक्रममा उस्थित हुँदा सबैको आकर्षणमा कलाकार नै हुन्छन् । आम दर्शकले देख्ने कलाकारको यो जीवनशैली कठोर मिहिनेतको फल हो । अर्थात् करोडौं दर्शकको मन जितेपछि उनीहरुको जीवनशैली आकर्षक बन्न पुगेको हो ।

बलिउडमा यस्ता कलाकार पनि छन् जसले फिल्म लाइनमा आउन निकै संर्घष गर्नु पर्‍यो । जुन कमैलाई थाहा छ । केहीले यस क्षेत्रमा आउनुभन्दा अगाडि गार्ड र वेटरसम्मको काम गरेका छन् । जान्नुहोस् फिल्म क्षेत्रमा आउनुभन्दा अगाडि कुन कलाकारले के काम गर्थे ।

परिणीति चोपडा

परिणीति एक सम्पन्न परिवारका जन्मिएकी थिएन् । तर, नायिका बन्नुभन्दा पहिला उनी बलिउडकै स्थापित फिल्म स्टुडियोमा काम गर्थिन् । यश राज फिल्म स्टुडियोमा उनले केही समय मार्केटिङ पनि गरिन् ।

रजिनिकान्त

रजिनिकान्तले बसको कन्डक्टरका रुपमा पहिलो काम सुरु गरेका थिए । उनी बैंग्लोर ट्रान्सपोर्ट सर्भिसमा काम गर्थे । त्यही दौरान उनलाई निर्देशक टोपी मुनिप्पा पौराणिक कथामा आधारित नाटकमा अभिनय गर्ने अफर गरेका थिए । ‘स्टेज’ मा विभिन्न नाटकमा अभियन गर्दा गर्दै उनी फिल्म क्षेत्रमा आइपुगेका हुन् ।

अक्षय कुमार

अक्षय कुमार पढाइको दौरान बैंकक पुगेका थिए । त्यहाँ रहँदा उनले एक होटलमा वेटर भएर पनि काम गरे । भारत फर्किएपछि उनले मार्सल आर्ट सिकाउने काम गरे । त्यही क्रममा उनका एक चेलाले उनलाई मोडलिङमा आउन सहयोग गरेका थिए ।

बोमन इरानी

बोमन इरानीले बलिउडको उत्कृष्ट कलाकारको छवि बनाएका छन् । उनी फिल्म लाइनमा आउनुभन्दा पहिले मुम्बईको ताज महल प्यालेस होटलमा वेटरको काम गर्थे । साथै उनले आफ्नी आमाको बेकरी पसलमा सघाउन पनि जान्थे ।

नवाजुद्दिन सिद्दिकी

नवाजुद्दिन सिद्दिकी उत्तर प्रदेशको एक किसान परिवारमा जन्मे–हुर्केका हुन् । उनका बुबा–आमाको आठ सन्तान थिए । गाउँमा रहँदा उनी परिवारकै पेसामा आबद्ध थिए । पछि दिल्ली आएपछि उनीमा फिल्मको भूत सवार भयो । सोही दौरान उनले डेढ वर्ष सुरक्षा गार्डको पनि काम गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ७ : ०८ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी